एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चौथो जित निकालेको छ । सोमबार भएको खेलमा चेन्नइ सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले यस सिजनको आईपीएलमा चौथौ जित निकालेको हो । चेन्नइले दिएको १२६ रनको झिनो लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा मात्र ३ विकेट गुमाउँदै भेट्टाएको थियो ।

राजस्थानले २६ रन हुँदा पहिलो विकेटको रुपमा बेन स्टोक्सलाई गुमाएको थियो । स्टोक्सले ११ बलमा तीन चौकाको मद्दतमा १९ रन जोडे । त्यस्तै दोस्रो विकेटको रुपमा चौथो ओभरको दोस्रो बलमा रोविन उथप्पालाई ४ रनमा गुमाएको थियो ।
राजस्थानका लागि बट्लरले ७० रनको अर्धशकीय पारी खेले । उनले ४८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७० रनको अविजित अर्धशतकीय पारी खेलेका हुन् । उनको यो आईपीएलमा ११ औं अर्धशतक हो ।
चेन्नइलाई सस्तैमा समेट्न राजस्थानका लागि जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रीयस गोपाल र राहुल टिवेतियाले समान एक एक विकेट लिए ।
चेन्नइका लागि दीपक चाहरले दुई विकेट लिए भने जोस हाज्लेवुडले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चेन्नइले खराव सरुवात गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १२५ रन जोडेको थियो ।
यस जितसँगै दस खेलमा चार जित निकालेको राजस्थानले ८ अंक जोडेको छ । राजस्थान तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यता पराजित चेन्नइ भने समान खेलबाट ६ अंक जोड्दै पुछारमा छ ।