काठमाडौँ । संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ । पर्यटन विभागको तथ्याङ्कअनुसार यस वर्षको बसन्त ऋितुको २ महीनामै सगरमाथासहितका अन्य हिमाल आरोहिबाट ५० करोड रोयल्टी उठेको छ ।
काठमाडौँ । संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ । पर्यटन विभागको तथ्याङ्कअनुसार यस वर्षको बसन्त ऋितुको २ महीनामै सगरमाथासहितका अन्य हिमाल आरोहिबाट ५० करोड रोयल्टी उठेको छ ।
पर्यटन विभागका अनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ३९ आरोहण समूहका ३७७ आरोही छन् । यीमध्ये ३४ विदेशी आरोही समूहका ३६४ सदस्य तथा पाँच वटा नेपाली आरोही समूहका १३ आरोही सगरमाथा आरोहणमा निस्किएका छन् ।
सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए जसमा ३४ विदेशी र चार नेपाली समूह थिए । सगरमाथासहितका हिमाल आरोहणबाट झण्डै रु ५० करोड रोयल्टी जम्मा भएको विभागले जनाएको छ । विभागको विवरणमा रु ४८ करोड ७४ लाख १९ हजार ६६२ रोयल्टी सङ्कलन भएको छ ।
यसमा सगरमाथाको थप एक समूहसहितका साना हिमालको हिसाब जोड्न बाँकी छ । आजसम्मको हिमाल आरोहण अनुमति लिनेबाट ५० करोड राजश्व जम्मा हुने विभागका रामेश्वर निरौलाले बताए । यो रकममध्ये सबैभन्दा धेरै सगरमाथाबाट रु ४३ करोड ५२ लाख ५५ हजार ९१२ रोयल्टी जम्मा भएको छ ।
त्यसैगरी ल्होत्सेका लागि १० आरोही समूहका ९२, अमादब्लमका पाँच समूहका ४९, कञ्चनजङ्गमा पाँच आरोही समूहका ३२ र मकालुमा चार आरोही समूहका ५३ आरोही गएका छन् । अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणलाई तीन तीन आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।
पर्यटन विभागका अनुसार धेरै आरोही सगरमाथाको आधार शिविरभन्दा माथिततिर लागिसकेका छन् । विभागका महानिर्देशक डण्डुराज घिमिरेले आरोहण अनुमति लिएका सबैजसो आरोही सगरमाथा आधार शिविर र केही क्याम्प दुई र तीनसम्म पुगिसकेको जानकारी दिए । यस यामको सगरमाथा आरोहणका लागि सात हजार ३०० मिटर उचाइसम्म बाटो बनाइएको छ । एक्सिपिडिसन अप्रेटर एशोसिएशनबाट खटिएका शेर्पा समूहले सगरमाथाको क्याम्प दुईदेखि समिटसम्मको बाटो बनाउने र चुुचुरोमा डोरी टाँग्ने जिम्मेवारी पाएको छ । सगरमाथा आरोहणमा गएका आरोही क्याम्प तीनसम्म पुगेका सगरमाथाको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।
नेपाललाई विश्वमा पहिचान गराउने साहसिक पर्यटनको महत्वपूर्ण आधार पर्वतारोहणलाई लिइन्छ । यतिखेर विभिन्न ४८ मुलुकका करीब ५०० आरोही हिमाल आरोहणका लागि आएका छन् । सगरमाथा आरोहणमा सबैभन्दा बढी ४०० को हाराहारीमा विदेशी छन् । सबैभन्दा धेरै छिमेकी मुलुक भारत, चीन, संयुक्त राज्य अमेरिका र बेलायतबाट आरोही आएका छन् । त्यस्तै, जापान, लेवनान, नर्वे, क्यानाडा, ब्राजिल, अर्जे्न्टिनालगायत मुलुकबाट पनि सगरमाथा आरोहणका लागि आएका छन् ।
योसँगै यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि आरोहण अनुमति लिने काम सकिएको छ ।
अघिल्लो वर्ष (सन् २०१८ को) वसन्त ऋतुको तुलनामा यो याममा हिमाल आरोहणबाट रोयल्टी रकम बढी जम्मा भएको छ । अघिल्लो याममा सगरमाथासहितका हिमाल आरोहणबाट रु ४६ करोडभन्दा बढी रोयल्टी उठेको थियो । सगरमाथाबाट मात्रै करीब रु ३४ करोड रोयल्टी जम्मा भएको थियो । तुलनात्मक रुपमा यो याममा रु दुई करोड रोयल्टी बढी उठेको छ । हालसम्मको अवधिमै ४८ करोडभन्दा बढी रोयल्टी जम्मा भइसकेको छ ।