काठमाडौं । मलेशियालाई ५९ रनले हराउँदै नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । थाइल्याण्डमा आइबार भएको प्रतियोगिताको फाइनलमा नेपालले लगातार दोस्रो पटक उपाधि उचालेको हो । अघिल्लो संस्करणको फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि उचालेको थियो ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३४ ओभर ५ बलमा अलआउट हुँदै ८१ रनमा समेटियो । यसअघि नेपालले पूरा ३५ ओभर खेल्दै ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।
नेपालका लागि प्रशान्त महतले सबैभन्दा धेरै ४० रन जोडे । यस्तै दिपक बोहोराले २३, कप्तान बिशाल बिक्रम केसीले १७ रन , निखिल कुमार सिंहले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।