पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४६५ जनामा संक्रमण पुष्टि भएसँगै बिहीबार बिहान विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३० हजार ८३९ पुगेको हो ।
काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड कटेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४६५ जनामा संक्रमण पुष्टि भएसँगै बिहीबार बिहान विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३० हजार ८३९ पुगेको हो ।
यस्तै एकै दिन थप ६ हजार २२० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ४५ हजार ५१ पुगेको छ ।
एकै दिन २ लाख ६१ हजार ७०७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बिहीबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १७ लाख ९७ हजार ९१८ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८६७ जनाको मृत्यु भएको छ । ३० हजार २९४ जना संक्रमित भएकोमा २६ हजार ३८७ जना संक्रमणमुक्त भएका छन् ।