विश्व मानवले दैवी विपत्ति नझेलेको होइन,इतिहासको कालखण्डमा यस्ता महामाारी र विपत्ति आइरहन्छन् । तिनीहरु अलगअलग प्रवृत्ति र प्रकृत्तिमा देखा पर्दछन् । मानिस इतिहास भुल्छ वर्तमानमा टेकेर भविष्य कोर्नु मानवीय स्वभावै हो तर पनि इतिहासकोे कालखण्डलाई स्मरण गरेर अगाडि बढ्ने कटु यथार्थ मानिस बिर्सन्छ ।
हेमराज सुवेदी
विश्व मानवले दैवी विपत्ति नझेलेको होइन,इतिहासको कालखण्डमा यस्ता महामाारी र विपत्ति आइरहन्छन् । तिनीहरु अलगअलग प्रवृत्ति र प्रकृत्तिमा देखा पर्दछन् । मानिस इतिहास भुल्छ वर्तमानमा टेकेर भविष्य कोर्नु मानवीय स्वभावै हो तर पनि इतिहासकोे कालखण्डलाई स्मरण गरेर अगाडि बढ्ने कटु यथार्थ मानिस बिर्सन्छ । सृष्टिकालदेखि नै पृथ्वीमा कुनै न कुनै प्रकारका दैवी विपत्ति हुँदै आएका छन्।हैजा,बाढी पहिरो भुकम्प अनिकाल आदि ईश्वरीय बिपत्तिलाई मानिस किन चटक्कै भुल्छ ?सम्भिंmदो हो त आफ्नो खानापान बसोवास,निर्माण र आविष्कारलाई किन नियन्त्रण गर्दैन ! किन लापर्वाही गर्दछ ?त्यसैले इतिहास भुल्नु नै महाभूल हो,ठूलो मानवीय कमजोरी हो । टाढा जानै पर्दैन,विगत २सय वर्षलाई मात्र लिने हो भने पनि आफैले खनेको खाडलमा मानिस आफै परेको पाइन्छ । १८औं शताब्दीको अन्त्यतिर एङ्लो नामक विफरले २लाख ५० हजार मानिसको मृत्यु भएको थियो ।त्यसरी नै सन् १९८९–१८९० मा रसियन फ्लुले २लाख ,सन् १९५७–१९७० को हङ्कङ् फ्लु ले त २१ लाख मानिसको मृत्यु भएको थियो । भरर्खरैका वर्षहरुमा स्वाइन फ्लु,इवोाला आदि महामारी हाम्रै सामु ताजै छन्। मानवजातिले अझै धेरै यस्ता समस्या भोग्नु नै पर्दछ , किनकि यी मानिसको बहस बाहिरका कुरा हुन् ।
चीनमा वन्यजन्तुको मासुबाट कोभिड–१९ भाइरस फैलिएको वर्तमान समयमा विश्वमानव निकै त्रसित बनेको छ । यस भाइरसको प्रभाव संसारको कुनाकुनामा फैलिएको छ । विश्व आज आफ्नो अर्थतन्त्र जोगाउने कि जनता ? भन्ने द्विधामा परेको छ । अबत न्युयोर्क नै कोभिड–१९को केन्द्रविन्दुमा देखा परेकोछ । विश्वको अर्थतन्त्र धरायसी हुने स्थितिमा छ । कोभिड–१९मानवजातिको साझा दुष्मनको रुपमा देखा परेको छ । अबको विश्व अर्थव्यवस्था सन् १९७०को आर्थिक महामन्दिको भन्दा कमजोर हुनेछ । आर्थिक र विकासको दृष्टिले मानिस निकै पछाडि पर्ने छ ।
चेतनशील भनिएको मानिसले प्रकृतिको नियम र नियति विर्सिदै गएको छ । उसले जीवनलाई उपभोक्तावादको आँखाबाट मात्र हेर्न थालेको छ । नाफा नोक्सानको गणितबाट मात्र नाप्न थालेको छ ।मानिसले अरु प्राणी भन्दा शक्तिशाली बन्ने अहंकारको तृप्ति पूरा गर्ने मार्ग खोज्यो तर सुगन्ध नमिसिँदैमा सुनले आफ्नो गुण कहाँ छोड्छ र ! त्यसैले प्रकृतिले समयसमयमा मानवको अनावश्यक हस्तक्षेप र दम्भ रोक्न महामारी र दैवीप्रकोप भित्र्याउँछ । हाम्रो जीवनमा हुने सबै घटना आफ्नै कर्मका फल हुन् भनेझैँ पृथ्वीतलमा हुने सबै परिघटना र घटनाहरु मानवकै कर्मका फल हुन् ।
त्यसैले कोरोना नियन्त्रणको कर्म गर्न सक्नु पर्दछ । अहिले हाम्रो अगाडि आन्तरिक र बाह्य आवतजावत बन्द गरी लकडाउनको अनुशासनमा बसेरै कोरोना जस्तो शास्त्रास्त्र र औषधिदेखि नडराउने महामारीलाई जितेर अनुपम नमूना प्रस्तुत गर्ने सुनौलो अवसर प्राप्त भएको छ । यसो गर्न सकेमा नेपाल कोरोनाको जोखिमबाट राम्ररी बँच्न सक्छ । सानो अर्थतन्त्र भएको नेपालका लागि कोरोना वरदान हुन सक्छ किन कि हरेक दु ःखबाट नै सुखप्राप्त हुन्छ भन्ने भावनालाई राज्यले अगाडि बढाएर जानु पर्दछ । योजना,योग्यता, मिहिनेत बिनाको महत्वकांक्षाले जीवनमा निराशा सिवाय केही ल्याउँदैन अतःसम्पूर्ण नागरिकले कर्मप्रतिको प्रेम र लगावलाई स्वान्तसुखायमा परिणत गरेर अगाडि बढ्ने कला सिक्नु पर्दछ । त्यसो गर्न सकेमा नेपाली भूमि विश्वको आर्कषकको केन्द्र बन्न सक्छ । रोजगारीका लागि विदेश पलायन हुने कर्मयोगी पाखुराहरुलाई स्वदेशमै श्रम र सीप सिकाउन सकेमा हाम्रा वनजंगलका तितेपाती, वनमारा,पहेंलो लहरे आदि वनस्पतिले समेत विश्वबजारमा चम्किन सक्छन् ।सायद कोरोेनाको औषधि हाम्रै वरिपरि होला तर हामीले चिन्न सकेका छैनौं त्यसैले शिक्षामा तीब्र परिवर्तनको खाँचो छ । हिरोसिमा र नागासाकीमा बम विष्फोट भएपछि जापानले आफ्नो शिक्षामा परिवर्तन गरेर पाँचै वर्षमा कसरी विकासमा फड्को मा¥यो भन्ने हेक्का राख्न सकेमा मात्रै पनि हाम्रो भविष्य चम्कन सक्छ ।कोरोनाले नेपाली समाजलाई सकारात्मक पाठ पनि पढाएको छ । हाम्रो खानपानमा होसियारी,स्वास्थ्यप्रति चनाखो,आर्थिक,मितव्ययिता,सामाजिक भावनाको विकास हुन सक्छ ।
विश्व समुदायमा ल्याएको चुनौती र सन्देश
विश्व समुदायमा समेत कोरोनाले ठूलो चुनौती सिर्जना गरेको छ । पश्चिमी एकाधिकार कोरोनाकै कारण खत्तम हुन सक्छ । युरोपेली भन्ने भावना खण्डित हुँदैछ । अब समुुुहमा हैन सबै आ–आफ्नो आत्म सुरक्षामा लागेका छन् । हिजोको अमेरिका भर्सेस रुस भएझैं अब चिन भर्सेस अमेरीका हुन सक्छ । एक्काइसौं शताव्दी निक्कै कठिन हुन सक्छ । विश्व समुदायमा सामाजिक आर्थिक र मनोवैज्ञानिक चुनौती थपिन्छन् । धनी झन धनी हुँदैे जाने र गरिब झन झन गरिब हुँदै गएर धनी र गरिब विचको गहिरो खाडल हुन सक्छ । चीन प्रमुख शक्तिको रुपमा देखा पर्न सक्छ । उसले यही मौकामा तीब्र आर्थिक समृद्धि हासिल गर्न सक्छ । नवीन अन्र्तराष्ट्रिय अर्थव्यवस्था ढल्न सक्छ,ग्लोबल वार्मिङ बढेर वातावरणीय सङ्कट आउने,शक्तिशाली राष्ट्रहरुले गरिब तथा तेस्रो विश्वका राष्ट्रहरुलाई दिँदै आएका ऋण र अनुदान कटौती हुने,विश्व स्वास्थ्य संगठन,युनिसेफ श्रमसंगठन आदिलाई ठूला राष्ट्रले दिँदै आएको अनुदान समेत रोकिन सक्छ जसको कारण ती संस्थाबाट लाभान्वित गरिब राष्ट्र मारमा पर्ने छन् । विश्व बजारमा विलासिताका समानमात्र उत्पादन गरी बेच्ने मल्टिनेसनल कम्पनीहरु चुरर्लुम्म डुूब्नेछन् । मानिसहरुमा क्रयशक्ति कमजोर हुन सक्छ जसको कारण खाद्यान्नको जोहो गर्न पनि मुस्किल पर्ने चुनौती थपिन सक्दछ ।
रोजगारदाता कम्पनीहरु ऋणमा डुव्ने,बेरोजगारी बढ्ने,मुलुकको अर्थतन्त्र घट्ने विश्वका साझा चुनौती हुन् भने यस्ता समस्याको सामना गर्न दैवी तथा प्राकृतिक प्रकोपको लागि सधैं तयारी अवस्थामा रहनु पर्ने,खानपान र स्वास्थ्य शिक्षामा सचेत हुनु पर्ने ,विश्वभ्रातृत्व र मानवताको भावना हुनु पर्ने प्रकृतिको अनावश्यक हस्तक्षेप रोकेर दिगोविकासको अवधारणालाई नयाँ ढङ्गले अगाडि बढाउनु पर्ने सन्देश पाइन्छ ।
विश्वअर्थतन्त्र र संस्कृतिमा पर्ने असर
अमेरिकी कुटनीतिज्ञ हेनरी किसिन्जरले‘द बालस्ट्रिट जर्नल’मा अबको विश्व अर्थ व्यवस्था चीन प्रभावी हुने विचार प्रकट गरिसकेका छन् । उनको विचार अनुसार महामारीको रोकथााममा युरोप र अमेरिका एसियाभन्दा कमजोर साबित भएका छन् । वास्तवमा सबैभन्दा ठूलो आर्थिक सङकटमा अमेरिका नै फसेको छ । त्यसैले उदार अन्र्तराष्ट्रिय अर्थव्यवस्था असफल भएको छ । विश्व अर्थव्यवस्था पश्चिमबाट पूर्वतर्फ सर्नसक्छ । यसको असर संस्कृतिमा पर्न सक्छ । पूर्वीय संस्कृतिको फैलावट युरोप र अमेरिकामा हुने संभावना छ । भारतीय उपमहाद्वीपको खानपान,आध्यात्मिक साधना आदि जस्ता कुराहरु विश्व सांस्कृतिक परिवर्तनका कारक हुन सक्छन् ।
विश्व अर्थव्यवस्थामा दोस्रो विश्वयुद्ध पछि दुई धु्रवीय विश्वका कारणले दुईवटै आर्थिक प्रणालीहरु देखापरे । दोस्रो विश्व युद्ध पश्चात् सन् १९७०मा दिगो विकासको अवधारणा अगाडि आयो र ८० को दशकमा उदारीकरण अनि ९०को दशकमा मिश्रित अर्थ व्यवस्थाले प्रमुखता पाएको थियो ।सन् १९७४मै सं.रा.सं.महासभाले नवीन अन्र्तराष्ट्रिय अर्थ व्यवस्थाको अवधारणा अगाडि सारेको हो । जुन नवोदित राष्ट्रहरुको अर्थतन्त्र पुँजीवादी देशको इच्छामा मात्रै निर्भर नहोस् भन्ने नै हो ।आर्थिक न्याय र सन्तुलित विश्वव्यापी आर्थिक क्रियाकलापमा राज्यको सम्प्रभुता कायम गर्नु,क्रयविक्रय मूल्यको अन्तर कम गर्नु, दलाल प्रवृत्तिको अन्त्य, व्यापारमा पँहुच,प्रविधिको हस्तान्तरण,वित्तीय ऋणभार कम आदि थिए । अब यो अर्थव्यवस्था पनि गल्र्यामगुर्लुम ढल्न सक्छ । कोरोना पछि चिनले विश्वलाई विशेष आर्थिक योजना ल्याउन सक्ने प्रवल सम्भावना छ । वित्तीय संस्थाहरुको खराब कर्जा बढ्ने,नाफामा सङ्कुचन आउने,कृषि र घरेलु उद्योगमा कम असर पर्ने छ । पर्यटन होटल र एयरलाइन्समा बढी असर देखिने छ । भर्खरै क्ष्ीइ ले खाडीमा मात्रै ५०लाखले रोजगारी गुमाउन सक्ने अनुमान गरिसकेको छ ।
मानव जातिको भविष्यमा थपिएका चुनौतीहरु
कोरोनाको कारण भविष्यमा शिक्षामा परिवर्तन हुन सक्छ । अनलाइन र दुरदर्शनबाट सिकाइ प्रक्रिया अगाडि बढ्न सक्छ जसको असर कमजोर र आधुनिक सूचना प्रणालीबाट पछि परेका राष्ट्रहरु झन पछि पर्ने छन् । स्वास्थ्यकर्मीहरुको मनोवल घट्ने छ । पर्यटन व्यावसाय ह्वात्तै घट्ने र राष्ट्रहरुको अर्थतन्त्र धरासायी हुन सक्ने,धनी र गरिब बीचको खाडल बढ्ने छ । शक्ति राष्ट्रहरुले दातृ संस्थाहरुलाई दिंदै आएको सहयोग रोकिन सक्छ ।उदारवादी अर्थव्यवस्था ढल्न सक्छ । वैदेशिक रोजगारीमा भएको कटौतीले मनोेवैज्ञानिक समस्या निम्तिन सक्छ । वातावरण संरक्षणतर्फ सरकारहरुको ध्यान जाने छैन जसले गर्दा ग्लोेवलवार्मिङ बढेर वातावरणीय संकट आउन सक्छ । यसरी समाजका हरेक क्षेत्रमा चुनौती नै चुनौतीको चाङ लाग्न सक्छ जसको कारण समाजमा विकृति र विसङ्गति बढ्ने,हत्या,हिंसा,वलात्कार,चोरी,डकैती,बढ्ने जस्ता समस्या थपिन सक्छन् । व्यावसायहरु चौपट हुने,लामोदुरीको यात्रामा समेत कटौती भएर होटल,पर्यटन र वैदेशिक व्यापार कमजोर हुने जस्ता विश्वका साझा समस्या थपिन सक्छन् ।
मानव सभ्यता र संस्कृतिमा पर्ने असर
मानव सभ्यताको उषाकालदेखि नै पुर्वीय सभ्यता ज्ञानको भण्डारको रुपमा देखाप¥यो भने पाश्चात्य सभ्यता विस्तारै विज्ञान र तर्कको रुपमा अगाडि बढ्दै आयो । खास गरी औद्योगिक क्रान्ति पश्चात् पाश्चात्य सभ्यताले संसारभरि जरो गाड्ने प्रयत्न ग¥यो अझ द्वितीय विश्वयुद्ध पश्चात् पश्चिमले सभ्यता र संस्कृतिमा पनि फैलिने मौका पायो तर अब मानवसभ्यता र संस्कृतिमा पनि कोरोनाले ठूलो प्रभाव पार्न सक्छ । खानपान,संस्कार संस्कृति,ध्यान योग र साधना,भेटघाट र मेलापर्व आदि जस्ता कुराहरु संसारले भारतीय संस्कृतिबाट सिक्न सक्छ । काँचै,झिल्स्याएर,उसिनेर खाने जस्ता प्रवृत्ति भन्दा खाद्यतत्वमा प्रशस्त मरमसला लगाएर पकाएको खाने अभिवादन र भेटघाटको संस्कृति बदलिने आदि मानवीय दैनन्दिन क्रिया बन्न सक्छन् ।मानवले दु ःखः भोग्नु त ठूलो कृपा हो खराव चिज खतम भएर कोरोना पछि सुदिन आउन सक्छ तर धैर्य गर्नु पर्दछ भन्ने पूर्वीय आशावादी र भाग्यवादी विचारले समेत ठाउँ पाउन सक्छ ।श्रमको अत्याधिक मह्त्व र अनुशासनप्रति मानिस सचेत हुनु पर्र्दछ भन्ने विचार स्थापित हुन सक्छ । स्वतन्त्रताका नाममा हुने गरेका पश्चिमी स्वछन्दतावादी विचारको समेत नियन्त्रण हुन सक्छ । लकडाउन पछिको विश्व राजनीतिको कोर्स समेत परिवर्तन हुन सक्छ । लिवरल स्टेट कमजोर सावित भएर अबको विश्वमा स्ट्रङ स्टेटको निर्माण हुन सक्छ संसार केही समय डरैडरमा पिल्सिन सक्छ । समग्र मानव सभ््यता र संस्कृतिमा परिवर्तन हुन सक्छ ।