चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवीले २२ जुलाईमा खोपले स्वीकृति पाएसँगै परीक्षण थालिएको जानकारी दिएका छन् ।
एजेन्सी । विश्वका विभिन्न देश कोरोनाको खोप परीक्षणमा छन् । यसैबीच चीनले पनि गत जुलाईदेखि नै मानिसहरूमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण गर्न थालिएको जनाएको छ ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवीले २२ जुलाईमा खोपले स्वीकृति पाएसँगै परीक्षण थालिएको जानकारी दिएका छन् ।
फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सीमा जाँच अधिकारीहरूमा उक्त खोप परीक्षण गरिएको उनको भनाइँ छ ।
चाइना नेशनल बायोटिक ग्रुप कम्पनीको सिनोफार्मले यो खोप तयार पारेको हो । खोपको अहिले तेस्रो चरणको परीक्षण चलिरहेको अधिकारीहरूले बताएका छन् ।