काठमाडौं । पाटन अस्पतालमा ४५ वर्षीय एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार भइरहेको थियो ।
काठमाडौं । पाटन अस्पतालमा ४५ वर्षीय एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनलाई कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि पाटन अस्पतालमा सारिएको थियो । उपचारका क्रममा बिहीबार साँझ उनको मृत्यु भएको हो ।
अस्पतालका अनुसार, मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो ।