काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले दिएको जानकारीअनुसार सभामुख निवासमा कार्यरत ती सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो ।
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले दिएको जानकारीअनुसार सभामुख निवासमा कार्यरत ती सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो ।
डा. पाण्डेका अनुसार, सभामुखसहित ट्रेसिङमा पर्ने अरूको पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी गरिएको छ ।
ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुख निवास आएको देखिन्छ। ती सुरक्षाकर्मी सभामुखको सुरक्षाका लागि अगुवा गाडिमा रहने प्रहरी हुन्।