विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २३ लाख पुगेको छ । वल्डोमिटरर्सले शुक्रबार बिहानसम्म दिएको जानकारी अनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५६ हजार ६०१ जनाको मृत्यु भएको छ ।
एजेन्सी । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २३ लाख पुगेको छ । वल्डोमिटरर्सले शुक्रबार बिहानसम्म दिएको जानकारी अनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५६ हजार ६०१ जनाको मृत्यु भएको छ ।
चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको कोभिड–१९ हाल विश्वभर महामारीका रूपमा फैलिएकोे छ ।
कोरोनाका कारण सवैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङख्या सवैभन्दा धेरै रहेको छ ।
अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख ३५ हजार ८२२ जनाको मृत्यु भएको छ । त्यसैगरी ३२ लाख १९ हजार जना सङ्क्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत मार्चदेखि कोरोनाको महामारी फैलिएको घोषणा गरेको थियो ।
दोस्रो धेरै प्रभावितको सूचीमा ब्राजिल भएको छ । ब्राजिलमा १७ लाख ५९ हजार १०३ जना सङ्क्रमित भएका छन् भने ६९ हजार २५४ जनाको मृत्यु भएको छ । बेलायत, फ्रान्स, इटली, स्पेन, भारत, रूस र पेरू बढी प्रभावित मुलुकहरूमध्ये रहेका छन् ।