कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सकारकाले पुन: पासका आधारमा सवारी चल्न दिने तयारी थालेको छ ।
काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सकारकाले पुन: पासका आधारमा सवारी चल्न दिने तयारी थालेको छ ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले सरकारले जोर–बिजोर प्रणाली हटाएर फेरि पास भएका सवारीलाई मात्र चल्न दिने तयारी थालेको हो ।
सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेपछि अत्यावश्यक कामका लागिबाहेक अरु कामका लागि सवारी चलाउन नपाइने नियम ल्याएको थियो ।
आवश्यक परेको खण्डमा पास लिएर सवारी चलाउन पाउने नियम रहेकोमा असार १ गतेदेखि भने लकडाउन केही खुकुलो बनाउँदै जोर विजोरका आधारमा निजी सवारी सञ्जालन गर्न दिइएको थियो ।
निजी सवारी जोर–विजोर प्रणालीका आधारमा चले पनि सार्वजनिक सवारी भने चल्न दिइएको छैन ।