सञ्चारकर्मी तथा रचनाकार मनोज केसी समयको शब्दमा रहेको ‘कहिले बन्छ देश’ बोलको गीत युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
काठमाडौँ । सञ्चारकर्मी तथा रचनाकार मनोज केसी समयको शब्दमा रहेको ‘कहिले बन्छ देश’ बोलको गीत युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
उक्त गीतमा चर्चित रियालिटी सो ‘लोक स्टार’का टप ४ मा पर्न सफल गायक रामकुमार नेपालीले स्वर दिएका छन् ।
गीतमा रचनाकार केसीले नेपालमा भईरहेको वर्तमान राजनीतिक व्यथितिले गर्दा भ्रष्ट्रचार, लुटपाट, बलात्कार जस्ता जघन्य अपराध बढिरहेका बेला अन्यायमा परेकालाई न्याय दिलाउन नसकेर पहुँचवालाहरुको दवावमा सोझा सिधा जनतालाई विभिन्न बहानामा दुख कष्ट व्यहोर्नुपरेको यथार्थ भावलाई शब्द मार्फत उजागर गरेका छन् ।
रचनाकार केसीले समृद्धिको नाममा सँधै भ्रष्ट्रचारले चुर्लुम्म डुबेको नेपाल कहिले बन्छ देश भनेर प्रश्न गरेका छन् ।
राजेश बर्देवाको संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । गीतको म्यूजिक भिडियोमा गायक स्वयं रामकुमार नेपाली र श्रेया गौतमले जिवन्त अभिनय गरेका छन् भने डीआर सुजनको निर्देशनमा बनेको सो भिडियोलाई रक कुशललीले छांयाकन गरेका छन् ।