ऊ वेलाका १८–२० वर्षे आजका ३२–३४ वर्षे आम नेपालीले झलझल्ती देखेका छन् । बुझेका छन् । उनीहरु त्यसवेला अभ्यस्त थिए, राजा फाले सबै समस्याको अन्त्य हुने देखेका नवजवान ।
गणेशकुमार शर्मा
नेपालको वर्तमान भूखण्डमा कहिलेदेखि राजसंस्था थियो ? कति वंशले यहाँ शासन गरे ? कति समय गरे जस्ता प्रश्नको जवाफ इतिहासमा पढ्न पाइन्छ । तर, अन्तिम वंशको रुपमा शासन गर्ने भनी चित्रण गरिएको शाह वंशको वर्तमान नेपाल निर्माण र त्यस वंशका राजाहरुको योगदान मात्रै इतिहासमा समेटिएको छ । यो वंशको अन्त्य कसरी भयो किन भयो र अन्त्यपछि शासन कुन वंशमा सर्यो वा व्यवस्थामा नै परिवर्तन भयो जस्ता प्रश्न–उत्तर अनि उत्तर–प्रश्न एकसाथ आज प्रायः आम नेपालीसँग छन् । जुन कोट्याइ रहनुपर्ने अवस्था छैन ।
ती सबै ऊ वेलाका १८–२० वर्षे आजका ३२–३४ वर्षे आम नेपालीले झलझल्ती देखेका छन् । बुझेका छन् । उनीहरु त्यसवेला अभ्यस्त थिए, राजा फाले सबै समस्याको अन्त्य हुने देखेका नवजवान । तर, अहिले तिनै परिपक्व नागरिक हुँदा गल्ती महशुस गर्न विवस छन् । समस्या त राजा होइन रहेछ । समस्या त डिजाइनर ऊ वेलाका भाषण दिने नेता र पार्टीहरु रहेछन् । अझ स्पष्ट रुपमा भन्नुपर्दा समाजलाई ऐना देखाउने डिजाइनर सञ्चारमाध्यम र सञ्चारकर्मी तथा लेखक रहेछन् भन्ने उनीहरुले बल्ल बुझे ।
न बुझनु पनि किन नवजवान हुँदा स्वास्थ्य, शिक्षा, रोजगार सर्वसुलभ हुने सपना बाँडेका अग्रपंत्तिका दलहरुले राज्य सञ्चालन गर्दा सबै सेवा वोलकवोलमा खरिदविक्री गर्ने सेवा भएका छन् । रोजगारका लागि विदेशी भुमिमा जोखिमपूर्ण श्रम गर्न बाध्य भएका छन् । अझ वर्तमानमा भन्नुपर्दा कोरोना माहामारीमा उनीहरुलाई आफ्नो जन्मभुमिमा मर्न पाइने हो कि होइन भन्ने चिन्ता छ । त्रास छ ।
न त यस माटोमा ती युवाहरुले आफ्नो वलबुताले भ्याएको रोजगार गर्ने उद्योग पाएका छन्् न त आफु र आफ्नो परिवारलाई रोग भोगले सताउँदा दायित्व बहन गर्ने सुशासन नै पाएका छन् ।
पाएका छन् त केवल अखवारका रंगिन पानाहरुमा दिनदिनै तिनै डिजायनर नेताहरुको डिजाइनर पत्रकारले छापेका रंगिन तस्विर । राजनीतिमा व्ल्याकमेल गर्दै कहिल्यै राजसंस्थाको त्रास, त कहिल्यै हिन्दुवादीको त्रास, कहिल्यै कुनै शक्तिको त्रास देखाउँदै सत्ता लम्व्याउने परिपञ्चका भाषण मात्र । खाली सतरञ्जको खेलजस्ता वक्तव्यवाजी मात्रै ।
डिजाइनर नेता पनि कस्तो भाषण गर्दछन् भने राजनीतिमा श्रेय पाउने मेरो वायोडाटा हिन्दु मन्दिरमा पूजा पाठ नगर्नु हो । मैले अहिलेसम्म मन्दिर टेकेकै छैन । म धर्मनिरप्रेक्ष हुँ, भन्दै हिड्छन् । सञ्चारले त्यही साँचो मान्छ र आम समाजमा समाचार पस्केको देखिन्छ । भनिन्छ कानून सबैले पालना गर्नुपर्छ कानून सबैले बुझेको हुन्छ तर यो मान्यता राखेपनि व्यवहारमा सबै यस्तो हुँदैन । समाज समाजिक रितीरिवाजले नै चल्छ जहाँ ऐन कानूनको भन्दा बढी डर समाजिक मूल्यमान्यताको पनि हुन्छ र समाज व्यवस्थित आचारयुक्त हुन्छ ।
यस्ता अनेकन मूल्य मान्यता गुमाएको कालखण्ड ती आम नेपालीले बुझिसकेका छन् । नबुझेका कुराहरु पनि विदेशीको मुखबाट सुनिरहेका छन् । अव बुझ्नेहरु तपाईको डिजायनर रोलमोडलमा रहन र बस्न चाँहादैनन् । उनीहरुले राजसंस्था खोजेका मात्रै होइन सभ्य समाज खोजेका हुन् । उनीहरुलाई दिइएको परिवर्तनले समाजलाई नैतिक मार्गतर्फ डो¥याउन नसकेको परिणाम हो, त्यो । परिवर्तनका खातिर दिएका आश्वासनलाई एक पटक ध्यानदृष्टि लगाउनु भयो भने उत्तर आफैसँगै छ । अझ समाज बुझनु भएन भने हामी यतिवेला ठूल्ठूला महाविपत्तिको सन्निकट छौं । कोभिड–१९ माहामारीको चरमोत्कर्ष प्रकोपको महाविपत्ति, वर्षाको शुरुवातसँगै शुरु हुने दैवी तथा प्राकृतिक महाविपत्ति, कोरोना रोकथाम तथा नियन्त्रण गर्न गरिएको बन्दाबन्दीको प्रभावबाट आगामि दिनमा सिर्जना हुने आर्थिक महाविपत्ति र डिजायनरको चँगुलबाट राजनीतिक निकास नदिने हो भने राजनीतिक विचलनको महाविपत्ति आदि ।
यतिमात्रै होइन् दक्षिण र उत्तरतर्फका हाम्रा दुई छिमेकी मित्र राष्ट्र युद्धको अवस्थामा छन् । तर हामी तथस्ट हुन सकिरहेका छैनौं । अर्थात् हामीले निर्वाह गर्नुपर्ने असंलग्न परराष्ट्रको नीति छोडेको यत्रतत्र आभास भएको अवस्था छ । अर्कातिर विश्व राजनीति धुव्रीकरणको मोडमा छ । हामी कुन धुव्रमा जाने, लोकतान्त्रिक वा समाजवादी भन्ने प्रश्न अहं बनेको छ । सत्तापक्ष समाजवाद धु्रवमा देखिन्छ भने शक्तिहिन अवस्थामा रहेको विपक्षी मोर्चा लोकतान्त्रिक धु्रवमा यस्तो वेला तथस्ट शक्ति मुलुकमा खोजी हुनु स्वभाविक हो । जो राजसंस्था मात्रै हुन सक्छ ।
अतः सम्भावित घटनाक्रम र महाविपत्तिका लागि रोडम्याप दिन नसक्ने हो भने आम जनता अझ टाढा जाने निश्चित छ । जसका लागि सबै समस्याको समाधान गर्न कुशल व्यवस्थापक वेलैमा देशले पाउनुपर्छ । यहाँ अल्पमत र बहुमत वा ठुलो दल र सानो दल वा परिवर्तनकारी शक्ति र पुरानो शक्ति भन्ने हठ कसैले लिनु हुँदैन । सर्वदलीय हुँदै सर्वपक्षीय शक्ति निर्माण हुनुपर्ने देखिन्छ । यहाँ सबै राजनीतिक पार्टी, पूर्व राजादेखि विप्लवसम्म समावेश गर्ने राजनीतिक एकता आवश्यक देखिन्छ । तर, यति हुँदाहुँदै दल निरप्रेक्ष शासन हुनुपर्छ भन्ने होइन् । तापनि लोकतन्त्रमा जनताप्रति समर्पित स्वस्थ्य, सहकार्य, सहअस्तित्व र सहयोगी राजनीति नै आजको आवश्यकता बन्न पुगेकोले सबै शक्ति एक ठाउँमा आउनु पर्छ, भन्ने हो । जसका लागि राजसंस्था पनि समय सान्दर्भिक नै छ भन्न अव लजाउनु हुन्न ।