चितवन । प्रदेश नम्बर ३ को विकास र समृद्धिमा निजी क्षेत्रलाई लगानीे आह्वान गर्न भरतपुरमा शुक्रबार र शनिबार दुईदिने लगानी सम्मेलन सुरु भएको छ । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् कार्यक्रमको आयोजना गरेको हो ।

आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा लगानी केन्द्रीकृत गर्न उत्प्रेरित गरिने बताए ।
कार्यक्रममा लगानीका क्षेत्रहरुलाई प्रस्ट्याइने बताउँदै उनले १३ जिल्लाका उद्योगी–व्यवसायी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, राष्ट्रिय पूँजीपति तथा उद्योगपति छलफलमा सहभागी हुने जनाएको छ ।
प्रदेश नं. ३ का विभागीय मन्त्रीहरुले आ–आफ्नो क्षेत्रको छलफलमा अध्यक्षता ग्रहण गरी गहिराइमा विज्ञहरुसहित छलफल गरिने पनि बताए । कार्यक्रममा पहिलो दिन दुई वटा कार्यपत्र र दोस्रो दिन विशेष क्षेत्रका विज्ञबाट पाँच वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले यो कार्यक्रमले निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने बताए । लगानीकर्ताको सुरक्षा र सहजीकरण प्रदेश सरकारले गर्ने बताउँदै उनले लगानिकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न सक्ने वातावरणको सिर्जना गरिने बताए ।