काठमाडौं । गायक रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर रहेको ‘रक्षा गरौं सिमाको अब, तब बन्छ राष्ट्र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतका शब्द सुरेन्द्र केसीका हुन् भने संगीत गायक काफ्ले कै रहेको छ ।

भारतले नेपाली सीमा सिचेको विषयलाई समेटेर नयाँ गीत सार्वजनिक भएको हो । गीतको भिडियोमा हरिवंश आचार्य, शिवहरि पौडेल, किरण केसी, पूजा शर्मा, युवराज चौलागाई, आकाश श्रेष्ठ फिचर्ड छन ।
त्यस्तै भिडियोमा फिलिप डिसी, सुवास रेग्मी, हरि बहादुर थापा, रुपक डोटेल, अनिल थापा, निरज काफ्ले, दिपेन्द्र ढकाल, जोनिश खनाल, बिनोद क्षेत्री, कृष्णराम वस्ती लगायतका कलाकारको अभिनय रहेको छ।
भिडियोको निर्देशन दिपेन्द्र केसीले गरेका हुन्।