काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । विहिबार बसेको मन्त्रीपरिषद्को बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । विहिबार बसेको मन्त्रीपरिषद्को बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
दाहालले २ बर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् । यसअघि उनी बोर्डको सदस्य समेत थिए । तत्कालिन अध्यक्ष केशव भट्टराइको निधन भएपछि बोर्ड विगत ६ महिनादेखि नेतृत्वविहिन भएको थियो ।
बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो । जसमा, अन्तिम ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिश गरिएको थियो । जसमा, नायक भूवन केसी र संकृतीविद राजेश थापा थिए ।
दाहालले दर्जनौं नेपाली कथानक चलचित्रको निर्देशन गरेका छन ।