कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ। सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो।
कराँची । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ। सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मन्त्री बलोचको उपचार कराँचीस्थित एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भइरहेको थियो। मन्त्रीको मृत्युको खबर सिन्ध प्रान्तका मुख्यमन्त्री मुरद अली शाहले शोक व्यक्त गर्दै जानकारी गराएका हुन्।
गत डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोनाबाट हालसम्म पाकिस्तानमा १ हजार ६२१ को मृत्यु भइसकेको छ। त्यस्तै ७६ हजार ३९८ संक्रमित हुँदा २७ हजार ११० निको भइसकेका छन्।