आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा मलेसियाले नेपाललाई ९३ रनको झिनो लक्ष्य दिएको छ ।
काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा मलेसियाले नेपाललाई ९३ रनको झिनो लक्ष्य दिएको छ ।
बायोमास ओभलमा जारी खेलमा आयोजक मलेसियाविरुद्ध नेपालले जस जितेर फिल्डिङ रोजेको थियो । मलेसिया ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रनमा समेटियो । सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफ र कुशल मल्लले ३र३ विकेट लिए । कमल सिंह ऐरीले २ विकेट हात पारे ।
टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पहिलो ओभरमै विकेट गुमाएको थियो । नेपाली तेज बलरको सामु मलेसियाका खेलाडी धेरै टिक्न सकेनन् । मलेसियाका लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रन बनाए । यस्तै कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।
पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाललाई दोस्रो खेलमा भने वर्षा बाधक बनेपछि यूएईसँग डिएल मेथोडमा एक रनले पराजित भएको थियो ।
विश्वकपमा छनोट हुनका लागि अब नेपालले बाँकी सबै खेल जितेर मात्रै हुदैन । युएईले पनि कुनै एक खेल हार्नु पर्ने हुन्छ ।