तेहरान । इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र उद्धारको कार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्ने बताइएको छ ।

पछिल्लो समय इरानका दक्षिणपश्चिम क्षेत्रका दुई वटा प्रान्त बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीका कारण शुरुमा प्रायः सुक्खा भइरहने उत्तरपूर्वी इरानमा जनधनको क्षति भएको थियो । यहाँका गाउँ शहरबाट लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
अधिकारीहरुले इरानको पूर्वी क्षेत्रमा ठूलो वर्षा सहित बाढी आउने पूर्वानुमान गरेका छन् । बाढीले इरानमा घर,सडक, पूर्वाधार र कृषि क्षेत्रमा व्यापक नोक्सानी गरेको छ ।
यातायात मन्त्री मोहम्मद इस्लामीले भने ‘चौध हजार किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्तका साथै सातसय २५ वटा पुल पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।’ अहिले इस्लामिक मुलुक इरानले छिमेकी मुलुकहरुबाट राहत र सहयोग लिइरहेको छ ।