राजधानीबाट प्रकाशित राष्ट्रिय दैकिहरुले नयाँ वर्ष २०७६ को पहिलो दिन पनि फरक फरक विषयलाई प्राथमिकता दिएर समाचारहरु प्रकाशित गरेका छन् । सबै दैनिक पत्रिकामा वर्ष २०७५ को समिक्षा र विश्लेषण छापिएको छ ।
काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैकिहरुले नयाँ वर्ष २०७६ को पहिलो दिन पनि फरक फरक विषयलाई प्राथमिकता दिएर समाचारहरु प्रकाशित गरेका छन् । सबै दैनिक पत्रिकामा वर्ष २०७५ को समिक्षा र विश्लेषण छापिएको छ ।
कान्तिपुर दैनिकले ‘विकाशको वर्ष’ शिर्षकमा विकास निर्माणका हिसाबले नयाँ वर्ष २०६७ उल्लेख्य हुने समाचार छापेको छ । केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचित सरकार रहेकोले राजनीतिक स्थिरतासँगै आर्थिक विकाशको सकारात्मक वातावरण बन्दै गएको छ । समाचारमा ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हुने लक्षण देखिएको, स्वदेशी तथा विदेशी क्षेत्रद्दवारा १७ अर्बभन्दा बढी लगानी प्रस्ताव गरिएको, १ हजार मेगावाट भन्दा धेरै बिजुली थपिन लागेको र पर्यटन विकासका लागि भिजिट नेपाल २०२० शुरु गरिएको लगायतका विकास निर्माणका बार्यहरु आरम्भ गरिएकाले २०६७ विकासको वर्ष हुने उल्लेख छ ।
‘
‘लेप्चा भाषा, लेप्चै भेष’ शिर्षकमा अन्नपूर्ण पोष्ट दैनिकको मुख्य समाचार छ । पछिल्लो समय अल्पसंख्यक लेप्चा समुदाय भाषा र संस्कृति संरक्षण गर्दै पहिचान जोगाउन सक्रिय रहेको पाइन्छ । यसमा बालकदेखि वृद्धासम्म एकजुट भएका छन् । हिजोआज गलामा ल्याक, साडीजस्तै देखिने दस्मुन पहिरिएर लेप्चा जातीका मानिसहरु सजिइने गरिएको देखिन्छ ।
नागरिक दैनिकले ‘६ वर्षमा १८६० रोपनि जग्गा भूमाफियाको कब्जामा’ गएको समाचारलाई आफ्नो प्रमुख समाचार बनाएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा १ हजार ८ सय साठी रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ । समाचार अनुसार कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको नेतृत्वमा गठन भएका तीनवटा सरकारका पालामा भूमाफियाले काठमाडौं नगर क्षेत्रभीत्रका १ हजार ८ सय ५९ रोपनी १४ आना सरकारी र सार्वजनिक जग्गाा हडपेको पाइएको हो ।