२०५४/०५५ साल तिर हो हाम्रो गाऊँमा एक जेटीए थिए । उनकोे नाम त थाहा भएन थर यादव थियो सवैले यादव सर, यादव सर भनेर बोलाऊने गर्दथ्यौ । हामी सोच्दथ्यौ यादव सर बारीमा गएर हेरे मात्र बारीखेत सप्रिन्छ ।
रमेशराज बास्तोला, लिजवन पोर्चुगल
२०५४/०५५ साल तिर हो हाम्रो गाऊँमा एक जेटीए थिए । उनकोे नाम त थाहा भएन थर यादव थियो सवैले यादव सर, यादव सर भनेर बोलाऊने गर्दथ्यौ । हामी सोच्दथ्यौ यादव सर बारीमा गएर हेरे मात्र बारीखेत सप्रिन्छ । किन कि उनी जेटीए थिए, जेटीएलाई गाउँघरमा अन्नका देवता जस्तै सम्मान गरिन्थ्यो । गाउँमा वेमौसमी तरकारी लगाउने लहर आयो सवैले काक्रा, करेला, जुकेनी लगायतका तरकारी लगाउन थाले । माघमा लगाएको जुकेनी काक्राहरु बैशाखमा फल्न थाले । जुकेनी धेरै फल्यो तर सानैमा कुहिन थाल्यो । हामीले जेटिए सरलाई बोलायौं । सर यो त कुहीन थाल्यो केही ऊपाय छ भन्यौं । उनले भने, लौ भो सानैमा टिपेर खानुहोस् । उपाय यहि हो । अनी केही समयमा काक्रोलाई डढेलो रोग लाग्यो, सर यसको औषधि के होला भनेर सोध्यो , उनकोे जवाफ आयो सवै पात टिपेर फालिदिनु ।
जव उनले भन्थे हामी मान्थ्यौं । तर उनले भने अनुसार गर्दा १५ दिन मै खेत खाली भयो । अर्को वर्ष थाहा भयो कि मेटासीट र थायोडिन एम ४५ हाले हुदो रहेछ । तर त्यो पनि ज्ञान नभएका जेटीए रहेछन् । अनि अलि पछि थाहा भो कि उनी त विहार को प्रमाणपत्रले जागीर खाएका रहेछन् । पछि जागीरवाट निकालीएको सुन्यौं ।
अर्को कुरा, २०६०, ०६१ तिरको हो, पर्वतको जिल्ला प्रहरी कार्यालयमा कालोकाला मोटा अग्ला कदका अर्याल थरका प्रहरी इनिस्पेक्टर आए । उनि हरेक कैदीवन्दी होस् या झगडालुलाई पहिला संकृतका स्लोक भनेर गाली गर्दथे । कहिले काही हाम्रो गाउँमा उनको बयान हुन्थ्यो ।
वाह अहिले को एनिस्पेक्टर त खुमखार विद्धान छन् रे पुरा गीता र वेदका स्लोक कण्ठस्त भन्दछन् । उनको चर्चाको सिमा थिएन । एक दिन तेस्तै समस्या परेर हामी प्रहरी कार्यालयमा गयौं उनको शैली त्यही भटटट स्लोक हाल्ने । मैले प्याच्च भने इनिस्पेक्टर साहेव हामी यहाँ भागवत र गिताको स्लोक सुन्न आएको होईन । यहाँ पिडीतले न्याय पाओस् भन्न आएको हो भन्यौ । यति के भनेको थियौ ऊल्टो तिमीहरु माओवादी आतंककारी हौ भनेर हिरासत लिए । पछि माथीको आदेशमा हामी छुट्यौ । त्यसको ठिक ९ महीनापछि ती अर्याल थरका इनिस्पेक्टर निलम्बनमा परे । कारण बिहारबाट उत्तरमध्यमाको प्रमाणपत्र ल्याएका रहेछन । असहीबाट इनिस्पेक्टरमा नाम निकालेका रहेछन । एक दिन नुन खाएको कुखुराको मुख जस्तो पारेर बाटोमा हिड्दै थिए ।
उनले संस्कृत किन बोलेका रहेछन भने अरुका अघि आफूलाई अब्बल देखाउन । कुरा पछि थाहा भयो ।
अहिले मलाई हाम्रो सरकार र स्थानीय सरकार ठ्याक्कै तिनै जेटीए र तिनै अर्याल इनिस्पेक्टर जस्तै लागेको छ ।
कोरोनाले विश्व आक्रान्त पार्दा विदेशी एयरलाईन्स समय मै वन्द गर्न नसक्ने अनि भारतीय बोर्डर वन्द नगर्ने तर वास्तविक नेपालीलाई देस नै छिर्न नदिने कार्य सरकारले गरेको छ । सरकारका प्रभावशाली मन्त्रीहरु यो वेला कसरी कमिसन आउँछ भन्ने ध्याउन्नमा छन । उनीहरु यस्तो स्थितिमा छन की कमाउने यहि बेला हो । जुनसुकै बेलापनि पदच्युद होइन्छ भन्ने त्रास छ उनीहरुमा । जसरी अर्याल इनिक्सपेक्टर निलम्वनमा परे त्यस्तै भईन्छ भन्ने छ यिनिहरुमा । किन भने केन्द्र सरकार साच्चै असक्षम छ । मात्र सक्षम देखाउन कोरोना नियन्त्रणको नाममा सर्वसाधारण माथी लाठी वर्षिएको छ ।
स्थानीय सरकार यति लाचार र अयोग्य छ नि ठ्याक्कै यादव जेटीए जस्तै । आफ्नो घर आउनेलाई कहि वाटो वन्द त कही पुलमा गदावार लगाएर रोकेको छ । आफ्नो गाउँ टोल नपा या गापाका जनतालाई गाउँ मै फिर्ता गरी ऊनीहरुलाई वरु यो वेला क्वारेन्टाइनमा राख्ने जिम्मा स्थानीय सरकार को हो । विडम्वना यो
वेला स्थानीय सरकार मेयरहरुले ऊल्टो काम गरेका छन । जो घर आउन चाहान्छन् तर ऊनीहरुलाई आउनन दिईएको छैन । घर आउन चाहनेलाई आउन दिने तर क्वारेन्टाइनमा राख्ने काम स्थानीय सरकार हो तर आफ्नै गाऊ घरको लाई आफ्नै घर आउन वन्देज छ । केही दिन अगाडी धादिङ्गमा एक जनाको पुल वाट खसेर मृत्यु भयो कारण पुलमा अवरोध थियो । गाउँमा कोही नआऊन भनेर अवरोध गरिएको थियो ।
साच्चै कति काचाआला छन् मेयर उपमेयरहरु अनि वडाअध्यक्षहरु । के कोरोना लाग्दछ भनेर बाहिर गएकालार्ई घरै आऊन नदिने ? के हो स्थानीय सरकार भनेको ती मेयर उपमेयर लाई नै थाहा छैन, अनि जनताले दुख नपाएर के गरुन् ।
यता आमा को देहवासन भयो, ऊता छोरो सिमा पारी किरीया वसेको छ । यता गाउमा वार लगाएको छ , बार कट्न खोज्दा लडेर मरेको छ । भोक तिर्खा सहेर सोलुबाट दाङ्गसम्मको पैदल यात्रामा जनता छन् । लकडाउनको नाममा मजदुर अनि न्युन आय भएकाहरु भोक भोकै छन् । कोरोनाले भन्दा भोक र तिर्खा ले मर्नेहरु वढि होलान् भन्न नसकिएला । संसारमा जो कोही नागरीक आफ्नो देशको एक ठाउँवाट आफ्नो जन्मभुमी जान नपाऊने नियम संसार मै पहिलो पटक नेपाल मै होला । कोरोना नियन्त्रणको नाममा भोक भोकै मर्न वाध्य हुने देस नेपाल नहोला भन्न सकिदैन ।
यही यस्तै कारणले पनि असक्षम केन्द्र सरकार अनि अयोग्य स्थानीय सरकार भनेर जनताले भोली विल्ला नलगाईदेलान् भन्ने दिन नआउला ।