काठमाडौं । नेपालमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । कैलालीको लम्की चुहा नगरपालिका भुरुवाकी एक वृद्धामा कोरोना पोजेटिभ देखिएको हो । वीरगञ्ज नाकामा सामान्य चियापसल सञ्चालन गर्दै आएकी ती महिलासहित १७ जना चैत्र ९ गते लम्की पुगेका थिए। सीमा नाकाबाट आएको भन्दै उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।
काठमाडौं । नेपालमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । कैलालीको लम्की चुहा नगरपालिका भुरुवाकी एक वृद्धामा कोरोना पोजेटिभ देखिएको हो ।
वीरगञ्ज नाकामा सामान्य चियापसल सञ्चालन गर्दै आएकी ती महिलासहित १७ जना चैत्र ९ गते लम्की पुगेका थिए। सीमा नाकाबाट आएको भन्दै उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीसहित अन्य ५१ जना लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिए ।
चैत्र २५ गते काठमाडौंबाट गएकोे स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा बसेका ५१ जनामध्ये ४४ जनाको र्यापिड टेष्ट गरेको थियो। उक्त टेस्टमा नेगेटिभ देखिएपछि उनलाई १४ दिनपछि क्वारेन्टाइनबाट छाडिएको थियो। क्वारेन्टाइनबाट छाडिएपछि उनी आफन्तको बस्न थालेकी थिइन्।
र्यापिड टेस्टमा नेगेटिभ आएपनि टोलीले स्वाब समेत संकलन गरी काठमाडौं लगेको थियो। काठमाडौंमा गरिएको परीक्षणमा महिलामा पोजेटिभ देखिएपछि ती महिलालाई आइसोलेनसमा राख्ने तयारी भइरहेको छ।
संक्रमण पुष्टि भएकी महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसुलेसनमा राख्नका लागि लगिएको लम्की नगर पालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिइन्।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । यसअघि शनिबार राति बीरगंजमा तीन भारतीय नागरिक कोरोनाबाट संक्रमित भएको पुष्टि भएको थियो ।