चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताएको छ । भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वल्र्ड फन पार्कको विहिबार उद्घाटन गर्दै दाहाले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमतिबाटै बन्न सफल भएको बताए ।

राष्ट्रिय सहमतिले मात्रै ठूलाठूला परिवर्तन ल्याउन सकिएको बताउँदै दाहालले भने, ‘पञ्चायत विरोधी आन्दोलन भनौ या २०६२-६३ को आन्दोलन, शान्ति प्रक्रिया, शान्ति सम्झौता यी सबै राष्ट्रिय सहमतिबाटै सम्भव भएको हो ।’ उनले फेरि थपे ‘संघिय गणतान्त्रिक लोकतन्त्र पनि राष्ट्रिय सहमति र सम्झौताबाटै भएको हो ।’
युवाले आँट्यो भने एउटा सामान्य रेष्टुरेण्टबाट राष्ट्रियस्तरमा लगानी प्रवद्र्धन गर्ने एउटा महत्वपूर्ण उद्योग बन्न सक्ने उदाहरण फनपार्कले दिएको समेत उनले बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले अध्यक्ष दाहाललाई सम्बोधन गर्दै मुलुक अप्ठ्यारो अवस्थामा रहेको भन्दै विपक्षीहरुलाई पनि सँगसँगै समृद्धितर्फको यात्रामा लैजान आग्रह गरे । रु २५ करोडभन्दा बढीको लागतमा भेटघाट समूहले एक सयभन्दा बढी खेल समावेश गरी पार्क निर्माण गरेको हो ।