काठमाडौं । कोरोना भाइसरको रोकथाम र नियन्त्रणका लागि आवश्यक सामाग्री खरिद गर्दा भएको अनियमितता छताछुल्ल भएको छ । व्यवसायीहरुले उपलब्ध गराएको आँकडालाई हेर्ने हो भने यस्तो विषम परिस्थितिमा आँखा कै अघि यो भन्दा ठूलो भ्रष्टाचार अरु हुन सक्दैन । कतिपयले यसअघि नै यो सरकार भ्रष्टहरुको जमात रहेको तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाको टेप प्रकरणबाट पुष्टि भइसकेको बताइरहेका बेला यो खरिद प्रकरणले त्यसलाई थप बल पुगेको छ ।
काठमाडौं । कोरोना भाइसरको रोकथाम र नियन्त्रणका लागि आवश्यक सामाग्री खरिद गर्दा भएको अनियमितता छताछुल्ल भएको छ । व्यवसायीहरुले उपलब्ध गराएको आँकडालाई हेर्ने हो भने यस्तो विषम परिस्थितिमा आँखा कै अघि यो भन्दा ठूलो भ्रष्टाचार अरु हुन सक्दैन । कतिपयले यसअघि नै यो सरकार भ्रष्टहरुको जमात रहेको तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाको टेप प्रकरणबाट पुष्टि भइसकेको बताइरहेका बेला यो खरिद प्रकरणले त्यसलाई थप बल पुगेको छ ।
मन्त्रिपरिषदको बैठकमा समेत अन्य मन्त्रीहरुले यसबारेमा कुरा उठाइसकेका छन । यद्यपी प्रधानमन्त्री केपी शर्मा ओली समेत स्वास्थ्यमन्त्रीको बचाउमा लागेको समाचारहरु सार्वजनिक भएका छन । यदि त्यसो हो भने यो अनियमितता प्रधानमन्त्री कै संरक्षकत्वमा भएको मान्न अन्य आधारहरु नखोजे हुन्छ । यो खरिद प्रक्रियालाई संक्रमण ऐन मार्फत जोडेर व्याख्या गर्नु भनेको सिधै नीतिगत भ्रष्टाचार गर्नु हो ।
मुख्य रुपले यो अनियमिततामा स्वास्थ्यमन्त्री ढकाल जोडिन्छ । किनभने उनैले बिभागिय मन्त्रीको हैसियतले १ अर्ब २४ करोडको सामान ल्याउन एक कम्पनीलाई ठेक्का दिने आदेश दिएका हुन । आवश्यक सरकारी कागजात मिलाउने स्वास्थ्य बिभागका महानिर्देशक हुन ।
मुलुक लकडाउनमा गएको मौका छोपी रातारात २४ घण्टामा कुनै एक कम्पनीलाई बजारमा प्रचलित मूल्य भन्दा केयौं गुणा बढीमा सामान आयात गर्न दिनुलाई कुनै पनि हालतमा राम्रो नियतले काम गरेको मान्न सकिन्न । हो, विश्वभरि नै माहामारी फैलिरहेको समयमा अघिल्लै मूल्यमा त्यस्ता सामान वा सामाग्री नपाउन सकिएला तर यसको मौका छोपेर अपत्यारिलो मूल्यमा खरिद गर्नु भनेको सरासर भ्रष्टाचार गर्नु हो । चिनियाँ दूतावास र सिचुवान प्रान्तले दुई सय ८० रुपैयाँ (१६.५० युआन) मा दिएको एन–९५ मास्क नेपाल सरकारले आठ सय ३३ रुपैयाँ (सात डलर) मा किनेको छ । यसैगरी चिनियाँ सरकारले पाँच सय पाँच रुपैयाँ (३० युआन) का दरले दिएको प्रोटेक्टिभ गगल्स नेपाल सरकारले २१ सय ५२ रुपैयाँ (१८ डलर), त्यस्तै चार हजार सात सय १८ रुपैयाँ (दुई सय ८० युआन) मा दिएको इन्फ्रारेड थर्मोमिटर सात हजार सात सय ७१ (६५ डलर) मा किनिएको छ ।
मूल्यमा किन यति फरक पर्यो ? यसको जवाफ स्वास्थ्यमन्त्रीसँग छैन । यतिबेला जनस्तरबाटै भ्रष्टाचार र अनियमितता भयो भनी विरोध र आलोचना भइहँदा स्वास्थ्यमन्त्री ढकाल खरिद प्रक्रियामा एक इञ्च अनियमितता नभएको बताउँदै आएका छन । तर उनले बुझ्नुपर्ने कुरा के हो भने यो मूल्यका बीचमा ठूलो फरक वा अन्तर नै अनियमितता हो ।
अर्को गंभीर विषय भनेको ठेक्का पाउने ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिले २ दिनमा कसरी आवश्यक सामाग्री एककठ्ठा गर्न सक्यो जबकी उसको चीनमा न शाखा छ न कुनै कार्यालय । उसले पनि बिभिन्न कम्पनीसँग किन्ने हो । तर मिलेमतोमा उसले १५ दिनअघि नै ठेक्का आफूले पाउने निश्चित भएपछि सामानहरु एककठ्ठा गर्न शुरु गरिसकेको थियो ।
प्रधानमन्त्री गंभीर बिरामी छन तर सत्ता छाड्ने कुरै छैन । मन्त्रीहरु एकपछि अर्को विवादास्पद निर्णय गर्दै हिडेका छन । निश्चय नै भोलीका दिनमा मन्त्रीका यस्ता विवादास्पद गतिबिधिले सिंगो पार्टीलाई नकारात्मक असर पार्छ । तर नेताहरु मौन छन ।
भानुभक्त ढकालका लागि यतिबेला उत्तम बिकल्प भनेको राजीनामा दिएर छानबिनको बाटो सहज पारिदिनु हो । उनी पदमा नै रहिरहे प्रमाण नष्ट गर्ने संभावना हुन्छ । अनि अख्तियार पनि यहि बेला हो सक्रिय हुने ।