मेरो देशले सिर्फ नेता र मन्त्रीहरु मात्र जन्माउदो रहेछ । यो ध्रुब सत्य नै मान्नु पर्छ। नमाने केही फर पर्दैन। र, ती नेता र मन्त्रीहरु ले बोलेका कुराहरु बजारमा बेच्न चाटुकार र भेंडाहरु जन्माइन्छ । तिनिहरुलाई बेलाबेला पोषिलो आहार खुवाएर बफादारी अथवा आज्ञाकारी बनाइन्छ।
मेरो देशले सिर्फ नेता र मन्त्रीहरु मात्र जन्माउदो रहेछ । यो ध्रुब सत्य नै मान्नु पर्छ। नमाने केही फर पर्दैन। र, ती नेता र मन्त्रीहरु ले बोलेका कुराहरु बजारमा बेच्न चाटुकार र भेंडाहरु जन्माइन्छ । तिनिहरुलाई बेलाबेला पोषिलो आहार खुवाएर बफादारी अथवा आज्ञाकारी बनाइन्छ। कुनै, राम्रो दाम हाल्न सक्ने र जस्तो सामान छ त्यस्तै लाने गरि आयो भने चुपचाप भई बसिदिन्छन् बाँकी आउँने सामानको सुरक्षा गर्न। जस्तै हेर्नुहोस नीजि मेडिकलहरु, संकटको बेला कालो बाजारिया गर्नेहरु। कहाँ भयो कारवाही ? कस्ले गर्यो कार्वाही ? गर्ने र गराउने को मिलेमतो भए हुँदैन कसैलाई कारवाही ।
अर्को, छानीछानी खोज्ने र भन ेजती राम्रो दाम हाल्न नसक्ने हाम्रो विशुद्ध भाषामा भन्दा ’दलाल’ गर्ने आयो भने सबै भेंडाहरु जम्मा भई उक्त ब्यक्तिमाथि माथी जाई लाग्न लगाइन्छ र भन्न लगाइन्छ तिमी दलाली हौं। तिमी के खान्छौं। तिमी कसै बाट परिचालित छौँ। तिमी दक्षिण पन्थी हौं। तिमी साम्राज्यवादी हौं। तिमी विस्तारवादी हौं। तिमी सरकार असफल पार्न हात धोएर लागेका छौँ। तिमी जनता उचाल्ने मान्छे हौं। तिमी नेगेटिभ सेन्स को मान्छे हौं। तिमी लाई कसै ले उचालेको छ। जस्तै हेर्नुहोस सबुत प्रमाण सहित आउदा पनि त्यसको ढाकछोप गर्नेहरु।
देख्नुभएकै होला, हेर्नुभएकै होला, पढ्नु भएकै होला स्वास्थ्य मन्त्रालय को पक्षमा पर्यटन मन्त्रीको स्पष्टिकरण । स्कुलमा गुरुले भन्नूहुन्थ्यो, लुकाईका बस्तु समाचार हुन् देखाईएका बस्तु बिज्ञापन हो। तीन महिना सम्म उत्तानो टाङ्ग लाएर सुत्यो। सहयोग गर्छु भन्दा चुपचाप बस्यो। अहिले बिज्ञापन गर्छ । यस्तो बेलामा सरकारको आलोचना गर्नु अमानवीय हो। संकटको घडीमा हामीले यति र उति सामान ल्यायौं। तर, कोहि कसैले लुकाईएका बस्तु बाहिर निकाली समाचार बनाए भने तिनिहरु माथी पहिला भेंडाहरुलाई जाईलाग्न लगाईन्छ। नसके आफै पनि नाङ्गो रुपमा उत्रिदिन्छन् समाचार को विरुद्धमा बिज्ञापन दिनलाई।
सङ्गै भेंडाहरुको हुल पनि बाहिर निकाल्छन् र भन्न लगाउछन् संकटको घडिमा जनता उचाल्ने लाई कार्वाही गर्नु पर्छ। भेंडा भेंडा नै हो, आखिर निजि मेडिकलमा भर्ना नलिनेहरुलाई, कालोबजारिया गर्नेहरु लाई, अनलाईन मूल्य भन्दा तेब्बर मूल्य तोक्नेहरुलाई कार्वाही किन नगरिएको ? कहिल्यैं भनेनन् र भन्ने पनि छैनन् किनकी ऊ बाधेर राखिएको जन्तु हो। मालिकको हरेक कुरा शिरोधार्य गर्नु जन्तुको परम धर्म हो। कालो लाई रातो भन्न लगाउदा रातो भन्नू उसको महान कर्तब्य हो। यसै लाई अग्रगामी संज्ञा दिने गर्दछ्न् भेंडाहरु। नत्र खोल,े घाँस नपाईएला भन्ने डर। काम गरौं सीप छैन, परिश्रम गर्ने बानी छैन। इमानदारी र नैतिकता भन्नेकुरा त्यतिखेरै सकियो जति खेर नेता मन्त्री को भेंडा हुन पुग्यो।
यो देश विधिले होईन भाग्यले चलिरहेको छ। हामी जे पूजा गर्छौं त्यो विधि को निम्ति नभएर भाग्य को निम्ति हो। मलाई यस्तो बनाईदेउ, उस्तो बनाईदेउ, म सफल बन्न सकौं यी सबै भाग्य अन्तर्गत पर्छन्। हाम्रो देश मा नपाईने तर, अनिवार्य चाहिएको सामान हामी ले पायौं यो हाम्रो भाग्य हो। यतिका महिना सम्म चुपचाप बसेर उनिहरु ले जेजे चाहेका थिए त्यो पनि पाए, पूरा भयो यो पनि भाग्य नै हो। आउनुहोस् हामी सबै मिलेर भाग्यमा विश्वास गरौं। संसारका मै हु भन्ने शक्तिशाली आज लाचार भएका छन्। किनकी उनिहरुको भाग्यै नभएर हो। तर, हामी जस्तो केही गर्नै नसक्नेलाई यो माहामारीले खासै असर पार्न सकेको छैन किनकी हाम्रो भाग्य राम्रो भएर हो जस्लाई साथ दिनु भएको छ श्री पशुपतीनाथले।
सबै को जय होस् !!!!