व्यक्तिगत विवरण गोप्य राखिएका संक्रमित चारै जना पुरुष भएको बताईएको छ । संक्रमित मध्ये तीन जनाको अवस्था सामान्य रहेपनि एकजनालाई भने आईसियुमा राखेर उपचार भईरहेको छ ।
काठमाडौँ । स्पेनको क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका चार नेपालीमा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ । उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।
व्यक्तिगत विवरण गोप्य राखिएका संक्रमित चारै जना पुरुष भएको बताईएको छ ।
संक्रमित मध्ये तीन जनाको अवस्था सामान्य रहेपनि एकजनालाई भने आईसियुमा राखेर उपचार भईरहेको छ ।
चार जना नेपालीमा कोरोना संक्रमण भएको खबर आएको बताउदै स्पेनको नेपाली राजदुतावासले संक्रमितहरुका बारेमा विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको बताएको छ ।