नियन्त्रणमा लिएको एम्बुलेन्स र चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेको छ । प्रहरीले विरामीको कागजात माग्ने क्रममा यात्रु मध्येका एक जना किशोरलाई अन्य यात्रुले हत्तपत्त सुताएको थाहा पाएपछी उनिहरु नक्कली बिरामी हुन भन्ने बुझिएको इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी प्रमुख कोमलप्रसाद ठाकुरले जानकारी दिएका छन ।
झापा । लकडाउन उल्लघंन गर्दै नक्कली बिरामी सहित ५ जना यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । भद्रपुरबाट बिरामी बोकेर आउदै गरेको को २ च १२६६ नम्बरको एम्बुलेन्स झिलझिलेमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
टाफिक प्रहरी कार्यलय झिलझिलेका बिजय ढुङ्गेलका अनुसार बिराटनगरस्थित परिवर्तन समाज कल्याण ट्रष्टद्धारा सञ्चालित सो एम्बुलेन्स झापाको भद्रपुरबाट पश्चिमतर्फ आइरहेको अवस्थामा चेकजाँच गर्नेक्रममा नक्कली भएको थाहा भएपछि बिरामीसहित चालक अजय सरदारलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको एम्बुलेन्स र चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेको छ । प्रहरीले विरामीको कागजात माग्ने क्रममा यात्रु मध्येका एक जना किशोरलाई अन्य यात्रुले हत्तपत्त सुताएको थाहा पाएपछी उनिहरु नक्कली बिरामी हुन भन्ने बुझिएको इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी प्रमुख कोमलप्रसाद ठाकुरले जानकारी दिएका छन ।
एम्बुलेन्समा एकै परिवारका सदस्य थिए । उनिहरु भद्रपुरस्थित ससुरालबाट बिराटनगरस्थित घर जादै थिए । प्रहरीका अनुसार चालकले बिराटनगरसम्मको भाडा ९ हजारमा बन्दोबस्त गरेको बुझिएको छ । भद्रपुरबाट विराटनगरको एम्बुलेन्स भाडा ४३ सय मात्र हो ।