कोरोना परिक्षणका क्रममा युवराज चार्ल्सलाई पोजेटिभ देखिएको बकिङ्घम दरबारले जानकारी गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
काठमाडौँ । बेलायतका युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना परिक्षणका क्रममा युवराज चार्ल्सलाई पोजेटिभ देखिएको बकिङ्घम दरबारले जानकारी गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीसँगै उनकी श्रीमती युवराज्ञी डचेस अफ क्रोनवाल क्यामिलाको पनि स्वास्थ्य परीक्षण गरिएको तर, उनमा भने कोरोना भाइरसको संक्रमण नदेखिएको बताईएको छ ।
कोरोना संक्रमण देखिएपछि राजकुमार चाल्र्स सेल्फ आइसोलेसनमा स्कटल्याण्डमा बसेका छन।