श्री एयरलाइन्सले तीन गन्तव्य भरतपुर, जनकपुर र सिमरा बाहेकका सबै गन्तव्यमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । श्रीले भद्रपुर ७ हजार ४ सय, विराटनगर रु ६ हजार १ सय , जनकपुर रु ३ हजार ३ सय , सिमरा रु ३ हजार, पोखरा रु ३ हजार ७ सय , भैरहवा रु ४ हजार ९ सय , नेपालगञ्ज ६ हजार २ सय र धनगढीको लागि रु ७ हजार ९ सय निर्धारण गरेको छ ।
काठमाडौं । आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीहरुले हवाई यात्राका अधिकतम भाडादार घटाएका छन् । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनीहरुले हवाई यात्रुको सहजता र राहतका लागि अधिकतम भाडादार घटाएका हुन् ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले लामो दूरीका सार्वजनिक यातायात बन्द भएपछि गन्तव्यमा जाने यात्रुलाई सहजता प्रदान गर्न केही समयका लागि भाडादर घटाइएको कम्पनीहरुले उल्लेख गरेका छन् ।
वायुसेवा कम्पनीले मनोमानीरुपमा भाडा घटाउने तथा नयाँ भाडादर कायम गर्न थालेपछि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वायुसेवा सञ्चालकसँग छलफल गरी भाडादरमा पुनःविचार गर्न आग्रह गरेका थिए ।
पर्यटनमन्त्रीको आग्रहबमोजिम वायुसेवा कम्पनीले आइतबार नयाँ भाडादर कायम गरेका हुन् । भाडादर घटाउने हवाई कम्पनीहरुमा बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स रहेका छन् । उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर नयाँ भाडादर सार्वजनिक गरेका हुन् ।
श्री एयरलाइन्सले तीन गन्तव्य भरतपुर, जनकपुर र सिमरा बाहेकका सबै गन्तव्यमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । श्रीले भद्रपुर ७ हजार ४ सय, विराटनगर रु ६ हजार १ सय , जनकपुर रु ३ हजार ३ सय , सिमरा रु ३ हजार, पोखरा रु ३ हजार ७ सय , भैरहवा रु ४ हजार ९ सय , नेपालगञ्ज ६ हजार २ सय र धनगढीको लागि रु ७ हजार ९ सय निर्धारण गरेको छ ।
बुद्ध एयरलाइन्सले कायम गरेको भाडादर अनुसार काठमाडौँ देखि विराटनगरको रु ५ हजार ५ सय भद्रपुरको रु ६ हजार २ सय,ै नेपालगञ्जका लागि रु ६ हजार ३ सय ,धनगढीको रु ७ हजार ९००, पोखराको ३ हजार ७ सय कायम गरिएको छ । त्यस्तै भैरहवाको रु ४ हजार ९ सय , राजविराजको रु ४ हजार २ सय निर्धारण गरिएको बुद्धएयरले जनाएको छ ।
यस्तै निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले पनि हालको हवाई भाडादर हेरफेर गर्न गृहकार्य गरेको र छिट्टै नयाँ भाडादर सार्वजनिक गरिने तयारी गरेको उल्लेख गरेको छ । आन्तरिक उडानका सौर्य, सीता, सिम्रक,समिटलगायत कम्पनीले पनि यात्रुको सहुलियतका लागि आफ्नो भाडादरमा केही हेरफेर गर्ने तयारी गरेका छन् ।