आज काठमाडौंलगाएत देशका पूर्वी तथा पश्चिमका केही भागमा वर्षा भइरहेको छ । केही दिन देखि सक्रिय रहेको प्रि मनसुनको प्रभाव बाँकि रहेकोको देशका मध्य तथा पूर्वी भेगमा वर्षा गराइरहेको मौसमविद् सुजन सुवेदीले हाम्रो खबरलाई बताए ।
काठमाडौं । आज काठमाडौंलगाएत देशका पूर्वी तथा पश्चिमका केही भागमा वर्षा भइरहेको छ । केही दिन देखि सक्रिय रहेको प्रि मनसुनको प्रभाव बाँकि रहेकोको देशका मध्य तथा पूर्वी भेगमा वर्षा गराइरहेको मौसमविद् सुजन सुवेदीले हाम्रो खबरलाई बताए । मौसमविद् सुवेदीका अनुसार, आज साँझबाट काठमाडौंको मौसममा सुधार हुँदै जानेछ ।
देशको पूर्वी भेगमा भोली देखि केही सुधार हुनेछ । देशका पूर्वि र मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना रहेको पनि उनले जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।
यस्तो छ अगामी तीन दिनको मौसम पूर्वानुमान