इटालीका पर्यटक ६९ वर्षीय एन्ड्री कार्लीको शुक्रवार उपचारका क्रममा ज्यान गएसंगै कोरोनका कारण मृत्यु हुनेको संख्या ५ पुगेको हो ।
एजेन्सी । भारतमा कोरोना भाईरसको संक्रमण फैलिँदै गएको छ ।
२ सय ६ जनामा संक्रमण देखिएको भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
इटालीका पर्यटक ६९ वर्षीय एन्ड्री कार्लीको शुक्रवार उपचारका क्रममा ज्यान गएसंगै कोरोनका कारण मृत्यु हुनेको संख्या ५ पुगेको हो । यसअघि ज्यान गुमाएका ४ जना भारतीय नागरिक थिए।
जयपुरको सवाई मानसिंह अस्पतालको आइसोलेसन वार्डमा २९ फेब्रुअरीदेखि उपचाररत एन्ड्रीमा २ मार्चको रिपोर्टमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।
एन्ड्री १६ जनालाई कोरोना संक्रमण देखिएको इटालीका पर्यटक टोलीका सदस्य थिए ।
भारतमा कोरोना फैलिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले यही आइतवार देशभर जनता कर्फ्यूु घोषणा गरेका छन्।