काठमाडौँ । कोरोना भाइरसका कारण लोकसेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको बिहीबार बसेको बैठकले कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै चैत ८ गतेदेखि हुने भनिएका लिखित परीक्षा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगद्धारा जारी विज्ञप्तिमा संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी लिखित परिक्षा स्थगित गर्ने निर्णय गरेको उल्लेख छ ।
आयोगले अवस्था हेरेर परीक्षाको नयाँ मिति तय गर्ने जनाएको छ ।