काठमाडौँ । सोमबार सार्वजानिक गरिएको नसर्ने दीर्ध रोगसम्बन्धी राष्ट्रिय सर्वेक्षणले दमरोगको भार ११ दशमलव सात रहेको जनाएको छ । नसर्ने दीर्घ रोगसम्बन्धी ७२ जिल्लामा २० वर्ष उमेर समूहभन्दा माथिका १३ हजार २ सय मा गरिएको सो अध्ययनले मधुमेह ८.६, मिर्गौला ६, मुटु २.९ प्रतिशतमा समस्या देखिएको थियो । सहभागीका रगत, पिसाबका साथै मुटु र छातीको परीक्षण गर्दा सो समस्या देखिएको प्रतिवेदनले जनाएको छ ।
सोमबार सार्वजानिक गरिएको नसर्ने दीर्ध रोगसम्बन्धी राष्ट्रिय सर्वेक्षणले दमरोगको भार ११ दशमलव सात रहेको जनाएको छ । नसर्ने दीर्घ रोगसम्बन्धी ७२ जिल्लामा २० वर्ष उमेर समूहभन्दा माथिका १३ हजार २ सय मा गरिएको सो अध्ययनले मधुमेह ८.६, मिर्गौला ६, मुटु २.९ प्रतिशतमा समस्या देखिएको थियो । सहभागीका रगत, पिसाबका साथै मुटु र छातीको परीक्षण गर्दा सो समस्या देखिएको प्रतिवेदनले जनाएको छ ।
नसर्ने दीर्ध रोगको भार कति रहेको थियो भन्ने कुनै अध्ययनसमेत भएको थिएन । मुटु, मिर्गोला, क्यान्सरलगायतका रोगको उपचारमा सरकारले आर्थिक अनुदान समेत दिँदै आएको छ । जनसंख्यामा आधारित क्यान्सर रोगसम्बन्धी अर्को अध्ययनले सबैभन्दा बढी काठमाडौँमा क्यान्सरका रोगी पाइएको देखाएको छ । परिषद्ले हाल विभिन्न नौ जिल्लामा जनसंख्यामा आधारित क्यान्सर दर्ता जारी राखेको छ ।
अर्कोतर्फ धनुषा, भक्तपुर र दोलखामा गरिएको मानसिक स्वास्थ्य सम्बन्धी सर्वेक्षणले ११ प्रतिशत किशोर किशोरी तथा १३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या देखिएको थियो ।