निर्माता तथा निर्देशक सन्तोष सेनको २ वर्षको मिहिनेत पश्चात फिल्म तयार भएको छ । आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका छन् ।यो फिल्म वर्षकै सबैभन्दा प्रतिक्षित फिल्म बनेको छ । फिल्म चैत २८ गते रिलिज हुनेछ ।
काठमाडौं । निर्माता सन्तोष सेनको पाँचौं फिल्म ‘प्रेमगीत ३’ को टिजर सार्बजनिक भएको छ । २ सय बर्ष अगाडीको प्रेमकथा बोकेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङले शिर्ष भूमिका निर्वाह गरेका छन् ।
निर्माता तथा निर्देशक सन्तोष सेनको २ वर्षको मिहिनेत पश्चात फिल्म तयार भएको छ । आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका छन् ।यो फिल्म वर्षकै सबैभन्दा प्रतिक्षित फिल्म बनेको छ । फिल्म चैत २८ गते रिलिज हुनेछ ।
फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेका छन् ।