विहिबार जिल्ला अस्पताल धनकुटाको अक्सिजनप्लाण्ट हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । राजदुत मासामिचिले जापान सरकारले विभिन्न क्षेत्रमा सहयोग गर्दै नेपाल जापान सम्बन्ध थप सुमधुर भएको उल्लेख गरे ।
धनकुटा । नेपालका लागि जापानी राजदुत साइगो मासामिचीले नेपालका विकट क्षेत्रको जनताका लागि स्वास्थ्यक्षेत्रमा जापान सरकारले सहयोग बढाउने बताएका छन ।
विहिबार जिल्ला अस्पताल धनकुटाको अक्सिजनप्लाण्ट हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । राजदुत मासामिचिले जापान सरकारले विभिन्न क्षेत्रमा सहयोग गर्दै नेपाल जापान सम्बन्ध थप सुमधुर भएको उल्लेख गरे ।
सूर्यबहादुर थापा फाउण्डेसनको पहलमा जिल्ला अस्पताल धनकुटा लाई जापानी राजदुतावासले अनुदानमा अक्सिजन प्लान्ट हस्तान्तरण निर्माण गरिदिएको हो । राजदुत मासामिचीले भने जापान सरकारको सानो सहयोग रहेको कोशी पहाडका दमखोकी, निमोनिया लगायतका धेरै बिरामीलाई राहत पुगोस भनेर जिल्ला अस्पताल धनकुटा र पूर्वउद्योगमन्त्री सुनिलबहादुर थापाको अनुरोधमा सो प्लान्ट निर्माण गरेको बताए । सो प्लाण्टबाट ५० बेड शैयाका विरामीका लागि अक्सिजन वितरण गर्न सकिने चिकित्सकहरुले बताए ।
जापानी राजदुत साइगो मासामिचीले जिल्ला अस्पताल धनकुटाका प्रमुख पुजन विश्वकर्मालाई प्लाण्ट हस्तान्तरण गरेका थिए । जापान सरकारको ९६ लाख ६२ हजार १ सय १३८ रुपैयाँको लागतमा निर्माण गरिएको प्रमुख विश्वकर्माले जानकारी दिए । जिल्ला समन्वय प्रमुख एवं जिल्ला अस्पताल धनकुटा अध्यक्ष टंक चुहानको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद राजेन्द्र राईले कार्यक्रमको उद्घाटन गरेका थिए ।
पूर्वउद्योगमन्त्री सुनिलबहादुर थापा समेतको उपस्थीतमा भएको कार्यक्रम पछि जापानी राजदुत मासामिचीले रामप्रसाद आँखा अस्पताल धनकुटाको समेत अवलोकन गरेका थिए ।
१५ शैयाको स्वीकृत जिल्ला अस्पताल धनकुटामा हाल ३५ शैया सञ्चालनमा रहेका छन । कुल ५ विषेशज्ञ चिकित्सकको दरबन्दिमा ३ जना करारका चिकित्सकले अस्पताल सञ्चालनमा ल्याएका छन् । धनकुटा, भोजपुर, शंखुवासभा र तेह्थुम लगाएत कोशी पहाडका विभिन्न जिल्लाका जनतालाई सुविधा हुने जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरीटेण्डेन पुजन विश्वकर्माले बताए ।