आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक विषयलाई प्राथमिकता दिएर पहिलो पृष्ठमा छापेका छन् । केहीले बारा पर्साको हुरी पीडितबारे फलोअप समाचार छापेका छन् भने केहीले न्यायाधीश सिफारिस प्रकरणबारे समाचार छापेको छन् ।
आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक विषयलाई प्राथमिकता दिएर पहिलो पृष्ठमा छापेका छन् । केहीले बारा पर्साको हुरी पीडितबारे फलोअप समाचार छापेका छन् भने केहीले न्यायाधीश सिफारिस प्रकरणबारे समाचार छापेको छन् ।
कान्तिपुर दैनिकले ‘चटपटेको भरमा हुरीपीडित शिर्षकमा बाराका हुरी पीडितको लागि लगाइएको सामुहिक मेस बन्द भएपछि हुरी प्रभावित बासिन्दा चिउरा, बिस्कुट र भुजा खाएर छाक टार्न विवश रहेको समाचारलाई आफ्नो शिर्ष समाचार बनाएको छ । केहीले त बाराका हुरी पीडितहरुले दालचामल भएपनि भाँडाकुँडा नहुँदा पकाएर खान पाएका छैनन् । शुक्रबार साँझसम्म सञ्चालनमा आएको मेस शनिबार विहानदेखि बन्द छ । यससँगै मौसममा आएको बदलीसँगै हावाहुरीले सर्लाहीको रामनगरमा घरको छाना उडाउँदा एक जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।
‘न्यायधीशमा हीरा टिपेर ल्याएँ’ शिर्षकमा नागरिक दैनिकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको भनाईलाई प्रमुख समाचार बनाएको छ । प्रधानन्यायाधीशले सर्वोच्च अदालतका लागि आफुले न्यायाधीश सिफारिस गर्दा ‘हीरा टिपेर ल्याएको बताएका हुन् । न्यायधीशबाट निकालिएका पिएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो पवित्र लक्ष्य भएको बताएका छन् ।
नयाँ पत्रिका दैनिकले ‘प्रधानन्यायाधीश बोल्दा न्यायाधीशहरु स्तब्ध’ शिर्षकमा प्रमुख समाचार छापेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रधानन्यायाधीशको कुर्सी बडो गाह्रो रहेछ, कहिले सत्यको साक्षी बस्नुपर्ने त कहिले असत्यको साक्षी बस्नुपर्ने भनेर बोल्दा न्यायाधीशहरुले खल्लो महशुस गरेको समाचारमा उल्लेख छ ।
त्यसैगरी आजको अन्नपूर्ण पोस्ट्मा ४५ मिनेट मौका, दोष ४ मिनेटको शिर्षकको समाचारलाई पहिलो पृष्ठमा मुख्य बनाएर छापेको छ । समाचारमा उल्लेख भए अनुसार, गत मंगलबार नेपाल एयरलाइन्सको जहाजलाई चार मिनेट समय नदिँदा दुर्बइ उड्न नपाएको समाचार भाइरल भएपछि दोष कस्को भनी यो समाचारमा खुलायइएको छ । निर्धारित समयभन्दा ४५ मिनेट ढिलासम्म उड्न नसकेर भएको ठूलो क्षतिमा उसले अरू निकायलाई दोष दिएर पन्छिने गरेको छ। गत मंगलबार बेलुकी समयमा दुबई नउडाएर धावनमार्ग बन्दले विमान रोकिएको विषयलाई उड्ययन क्षेत्रमा ‘गम्भीर अपराध’ का रूपमा लिइएको छ। सबैभन्दा ठूलो बदमासी त यात्रुलाई रातभर विमानमै थुनिएको समाचारमा उल्लेख छ ।
त्यसैगरी आजको कारोबार दैनिकले प्रतिव्यक्ति आयमा सत्तारुढ नेकपा र सरकारको प्रक्षेपाण बाझियो शिर्षकमा समाचार छ । समाचार अनुसार, नेकपाले चुनावी घोषणापत्रमा सन् २०८४ सम्ममा नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने उल्लेख गरेको थियो भने सोही पार्टीको नेतृत्वको सरकारले भने सन् २०८७ सम्ममा प्रतिव्यक्ति आय २९ सय डलर पुर्याउने प्रतिबद्धता व्यक्त गरेको समाचार छ ।