काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिइसकेको बताएका छन् । मन्त्री बास्कोटा ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् ।
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिइसकेको बताएका छन् । मन्त्री बास्कोटा ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको बताएका हुन् । मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले संसदलाई मन्त्री बास्कोटाले राजीनामा दिइसकेको जानकारी आफूले पाएको बताएका हुन् ।
मन्त्री बास्कोटाले राजीनामा दिएको जानकारी अनौपचारिक रुपमा आफूले पाएको र यससम्बन्धमा लिखित जानकारी आउने विश्वास व्यक्त गर्दै उनले प्रतिपक्षी दललाई संसदको कारवाही अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए ।