वीवीसी । इरानमा भारी वर्षा भएको छ । वर्षाबाट हाल सम्म कम्तिम ७० जनाको ज्यान गएको जनाइएको छ । केही सातादेखि भएको वर्षामा देशका केही भागहरू जलमग्न भएका छन्। पचास हजार जनसङ्ख्या भएको सुसानगर्डजस्ता नगरहरू बाढीको जोखिममा छन्।

त्यहाँबाहेक खुजेस्तान प्रान्तका अन्य पाँच समुदायबाट पनि मानिसहरूलाई अन्यत्र सारिँदैछ। इरानभरि बाढी आएको छ
गत साता यो प्रान्तबाट करिब ७० गाउँहरू खाली गरिसकिएको छ । यो क्षेत्र तेलका लागि धनी छ र यहाँ रहेका ऊर्जा कम्पनीहरूले पम्प प्रयोग गरेर पानी हटाउँदै राहतमा सघाइरहेका छन्।
मार्च १९ मा सुरु भएको वर्षाका कारण इरानका झन्डै १९ सय नगर, सहर र गाउँहरूलाई प्रभावित भएका छन्। हजारौँ सडक, पुल र भवनहरू क्षतिग्रस्त भएका वा भत्किएका छन् ।