काठमाडौं । आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले पहिलो पटक सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो ।

फाइनल सरह रहेको अन्तिम खेलमा मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए । रञ्जित धिमालको फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए ।
जितसँगै मछिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो । उपाधि जित्ने क्रममा मछिन्द्रले आर्मीलाई २ अंकले पछि पार्यो । अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो ।