आजका पत्रपत्रिकामा फरक फरक समाचारले स्थान पाएका छन् । सरकारले कोरोनाभाइरस रोगको संक्रमणविरुद्ध लड्न मुलुकभर तीन चरणकाे तयारी गरेकाे समाचार छ भने जनयुद्ध दिवसको समाचार र तस्वीरले स्थान पाएका छन् ।
आजका पत्रपत्रिकामा फरक फरक समाचारले स्थान पाएका छन् । सरकारले कोरोनाभाइरस रोगको संक्रमणविरुद्ध लड्न मुलुकभर तीन चरणकाे तयारी गरेकाे समाचार छ भने जनयुद्ध दिवसको समाचार र तस्वीरले स्थान पाएका छन् ।
सरकारले कोरोनाभाइरस रोगको संक्रमणविरुद्ध लड्न मुलुकभर प्लान ए कार्यान्वयनमा ल्याएको कान्तिपुर दैनिकमा समाचार छ । प्लान एबाट संक्रमणविरुद्ध सर्तकता अपनाउँदा स्थिति सामान्य हुँदै जाने दाबी स्वास्थ्य मन्त्रालयले गरेको छ । सरकारले यो संक्रमणविरुद्ध प्लान बी र प्लान सी पनि तयार गरेको छ । ‘अहिले हामी प्लान ए अन्तरगत विशेष सतर्कता, उपाय र तयारीसँगै यो समस्याबाट मुक्त हुने गरी कार्यरत छौँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले भने, ‘स्थिति जटिल हुँदै गए प्लान–बी र चीनको वुहान जस्तै स्थिति देखिने सम्भावना भए प्लान सी समेत लागू गर्ने गरी तयारी गरेका छौँ ।’ प्लान सीमा भेटघाट नियन्त्रण आइसोलेसन, उपचारका लागि मुलुकमा उपलब्ध सम्पूर्ण क्षमतालाई उपयोग गर्ने तयारी छ ।
कान्तिपुर दैनिकमै अर्थतन्त्रमा अलमल शिर्षकमा प्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षे कार्यकालको समीक्षा गरेर मुख्य समाचार लेखेको छ ।
नागरिक दैनिकले पनि सरकारको दुई वर्षे कार्यकालको समीक्षा गर्दै सरकार–पार्टी सम्बन्धमा उतारचढाव आएको विषय उठाएको छ । साथै सरकारप्रति जनताका अपेक्षा धेरै भए पनि सरकारको काम गर्ने गति सुस्त रहेको समाचारमा उल्लेख छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था रहेको नागरिक दैनिकमा समाचार छ ।
अन्नपूर्ण पोष्ट दैनिकले चिनियाँ पर्यटक निर्बाध रुपमा नेपाल भित्रिइरहेको समाचार छापेको छ । कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम भने नरोकिएको समाचारमा उल्लेख छ ।